Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

राष्ट्रियसभा अध्यक्षमा गठबन्धनभित्रै सहमति जुट्छ : माधव नेपाल

राष्ट्रियसभा अध्यक्षमा गठबन्धनभित्रै सहमति जुट्छ : माधव नेपाल

  • 203
    SHARES
  • राष्ट्रियसभा अध्यक्षमा गठबन्धनभित्रै सहमति जुट्छ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दावी गरेका छन् । 

    चितवनको भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दावी रहेपनि यसमा सहमति जुट्ने बताएका हुन । 

    उनले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र गठबन्धन बलियो जगमा उभिएको धारणा राखे । केही समस्या आए छलफल गरेर सहमतिमा पुगिने जिकिर उनको थियो । गठबन्धनभित्र कुनै दरार देखिए समाधान गरिने उनले बताए । 

    अध्यक्ष नेपाल भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन पुगेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij