Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

आठ वर्षसम्म पुल नबन्दा राप्ती लोकमार्ग जोड्ने योजना अधुरै

आठ वर्षसम्म पुल नबन्दा राप्ती लोकमार्ग जोड्ने योजना अधुरै

  • 163
    SHARES
  • आठ वर्षसम्म पुल नबन्दा राप्ती लोकमार्ग जोड्ने योजना अधुरै

    जाजरकोट । नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ भेरी नदीमा पुल निर्माण गर्ने आठ वर्षदेखिको योजना अलपत्र परेको छ ।

    निर्माण कम्पनी मृत सञ्जीवनी/ग्याल्बा जेभीले १० करोड ३० लाख ४१ हजारमा ठेक्का लिएर पुल निर्माणको प्रारम्भिक चरणका कामसमेत गरेको छैन ।

    २०७३ असार ३१ गते सम्झौता भएको उक्त पुल २०७५ पुस ३० गतेभित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो तर कम्पनीले म्याद थपका लागि अनुरोध गरेपछि दुई वर्ष थप गरिएको थियो । हालसम्म १५ प्रतिशत मात्र भौतिक प्रगति भएको सडक कार्यालय चौरजहारीका प्रमुख इन्जिनियर तेजस्वी शर्माले जानकारी दिए ।

    आठ वर्षसम्म १५ प्रतिशत काम गर्ने निर्माण कम्पनीलाई सडक विभागले शीघ्र निर्माण सम्पन्न गरेको अनुरोधलाई बेवास्ता गर्दै आएको छ । कार्यालयले अन्तिम पटक १५ दिनको म्याद दिएर निर्माण कम्पनीलाई ताकेता गरेको प्रमुख शर्माले बताए ।

    यसैबीच, कामदारको भुक्तानी नगरेर निर्माण कम्पनीले आफूलाई पीडा दिएको मजदुरहरुले गुनासो गरेका छन । आफूले ज्याला नपाएको नलगाड नगरपालिका–१० का सुरेन्द्र थापाले बताए । रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गरे ।

    गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदुरले १० लाख नपाएका भन्दै तत्काल भुक्तानी दिन माग गरेका छन । स्थानीय मजदुर जयलाल भण्डारीको नेतृत्वमा काम गरेको मजदुरले ६ लाख ज्याला नपाएको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij