Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध

  • 135
    SHARES
  • सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध

    बाग्लुङ । सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ-गुल्मी सडकखण्ड अवरूद्ध भएको छ ।

    बाग्लुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका-८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो ।

    पहिरोले बागलुङ-गृल्मीखण्डअन्तर्गत मालढुंगा-अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बाग्लुङको मालढुंगादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ ।

    काम चलिरहेकै बेला गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए ।

    ‘दुवैतर्फबाट डोजर लगाउँदा पनि कम्तीमा एक साता पहिरो पन्छाउन लाग्छ’, उनले भने, ‘ढुंगा खसिरहेकाले पन्छाउने काम गर्न सकिएको छैन ।’

    पहिरोको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराइएको उनले बताए । सडक अवरूद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । सदरमुकाम बाग्लुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

    भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij