Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

अफगानिस्तानबाट जर्मन सेनाले २२ हजार लिटर बियर फिर्ता लैजाने

अफगानिस्तानबाट जर्मन सेनाले २२ हजार लिटर बियर फिर्ता लैजाने

  • 748
    SHARES
  • अफगानिस्तानबाट जर्मन सेनाले २२ हजार लिटर बियर फिर्ता लैजाने

    काबुल । अफगानिस्तानबाट फर्किने जर्मनीका सेनाहरुले ६५ हजारभन्दा धेरै बियर क्यान फिर्ता लैजाने भएका छन् । जर्मनीको एक पत्रिका डेर स्पिगलमा छापिएको रिपोर्टअनुसार सेनाले करिब २० हजार लिटर बियर र वाइनका ३४० बोतल फिर्ता लैजान लागेको छ । यससँगै फ्लेवर्ड बियर पनि लाने भएको छ । 

    कमान्डर अन्सगर मेयेरले जर्मन सैनिकलाई अफगानिस्तामा मदिरा सेवन गर्न प्रतिबन्ध लगाएका थिए । अब त्यहाँका सैनिकहरु स्वदेश फर्किने अन्तिम चरणमा रहेका छन् । डेर स्पिगलको रिपोर्टअनुसार यस इलाकामा सम्भावित आक्रमणको खतरालाई मध्यनजर गर्दै मदिरा प्रतिबन्ध लगाइएको थियो । जर्मन सेनाले स्थानीय सैनिकलाई मदिरा बेच्न पनि रोक लगाएको छ ।

    बाँकी नेटो सदस्य राष्ट्रका सेनासँग जर्मनीले पनि यही वर्षको सेप्टेम्बर ११ देखि अफगानिस्तान छोड्नेछ । अफगानिस्तानमा अमेरिकापछि सबैभन्दा धेरै सैनिक जर्मनीका छन् । जर्मनी सेनाका लागि यो अहिलेसम्मको सबैभन्दा महंगो अभियान हो । जर्मनीको पत्रिका विल्डका अनुसार काबुलबाट ३ हजार किलोमिटर उत्तरस्थित मजार ए सरिफमा आफ्ना केही उपकरण छोडेर आउनेछन् ।

    मजार ए सरिफमा करिब १ हजार जर्मनी सेना छन् । ती सबै यतिवेला फर्किरहने तयारीमा जुटेका छन् । साथै सेनामाथि आक्रमण हुन सक्ने खतरा भएकाले सर्तक हुन र मदिरा सेवन नगर्न निर्देशन गरिएको छ । सन् २००८ मा अफगानिस्तान गएका जर्मनी सेनाको टोलीले १० लाख लिटर बियर र ७० हजार लिटर वाइन आफूसँगै लिएर गएको खबर सार्वजनिक भएको थियो ।

    सन् २००७ मा पनि सैनिकहरुलाई उत्तिकै मात्रामा मदिरा पठाएको सेनाले बताएको थियो । जर्मनीका मिडियाले लेखेअनुसार उक्त मात्राको मदिरा प्रत्येक सैनिकले एक वर्षमा २७८ लिटर बियर र १२८ गिलास वाइन पिउनु बराबर हुन्थ्यो ।

    विभिन्न सेनाहरु विदेश मिनसनमा जाँदा मदिरा पिउने नीति फरक फरक हुन्छ । अमेरिकी सैनिकहरुलाई सामान्यतया विदेश मिसनमा जाँदा मदिरा सेवन गर्ने अनुमति छैन् । बेलायत र अन्य देशका सैनिकलाई ड्युटी नभएको समयमा थोरै मात्रा पिउन अनुमति दिइएको छ । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तालिबानबीच गत वर्ष भएको एक सम्झौताअनुसार अमेरिकी सेना अफगानिस्तानबाट फर्किन सुरु गरेका हुन् । सबै विदेशी सेनाहरु अफगानिस्तानबाट सेप्टेम्बर ११ सम्म फर्किसक्नु पर्नेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij