वेबटिभी खबर
जनकपुर । जनकपुर साहित्य महोत्सवको पाँचौ संस्करण फागुन १० गते बिहीबारबाट सुरु हुने भएको छ।
नव मिथिला फाउण्डेसनको आयोजनामा राम मन्दिर पार्कमा हुन लागेको तीन दिवसीय महोत्सवमा शिक्षा, स्वास्थ्य, साहित्य, सुशासन, राजनीति, सम्पदा, संस्कारलगायत विभिन्न विषयमा प्यानलमा छलफल हुनेछ । महोत्सव हुनेबारे मंगलबार महोत्सव आयोजक समितिका संयोजक अमित साहले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।
महोत्सवमा ‘चाहियो रंगशाला’, ‘किताब उपर समिक्षा’, ‘कसरी हुन्छ निर्णय ?’, ‘नव उद्यमी र उद्यमशीलता’, ‘स्वास्थ्य मधेश’, ‘सम्पदा, संस्कार र साहित्य’, ‘शिक्षाको नयाँ आवश्यकता र परिभाषा’, ‘मधेसको श्रम यात्रा’ विषयमा छलफल हुनेछ ।
महोत्सवको अन्तिम दिन ‘बोल्ने स्वतन्त्रता’, ‘संस्कृतिक सम्बन्धको डोरी’, ‘मौन चित्कार’ र ‘संघीयताः गलत अभ्यास वा कमजोर परिकल्पना’ विषयमा छलफल हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij