Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

२६ करोड खर्च गरेपछि भत्केको पिच सडक  

२६ करोड खर्च गरेपछि भत्केको पिच सडक  

  • 795
    SHARES
  • २६ करोड खर्च गरेपछि भत्केको पिच सडक  

    काठमाडौं । केही दिनअघिदेखि सिन्धुलीमा भर्खरै पिच गरिएको सडकको माथिल्लो भाग भत्केर क्षतविक्षत भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । सुरू नजरमै भ्रष्टाचार भएकाे देखिने उक्त सडक दुधौली नगरपालिकामा एक महिनाअघि मात्र बनाइएको हो ।

    दुधौली नगरपालिका १ं० लखिमाबाट १३ नम्बर वडाको ठाकुर दमारसम्म जाने सडक खण्डमा गरिएको पिच एक महिना नहुँदै कल्पना गर्न नसकिने गरी क्षतविक्षत भएर उक्किएको हो । दुधमा लागेकाे छालि मात्र सोहोरेर निकालेजसरी पिचको माथिल्लो भाग नै निस्केको उक्त सडकको तस्बिर निकै भाइरल भयो । 

    असारमा धमाधम काम सकेर बजेट लिने हतारोमा उक्त सडकमा कमसल पिच भएको स्थानीयले बताएका छन् । साढे १२ किलोमिटर सडकमध्ये तीन किलोमिटर जतिको पिच भत्केको हो । पानी परेका बेला रातारात काम गरेकाले एक महिना नपुग्दै सडक भत्केको स्थनीयले बताएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

    निर्माणमा कमजोरी भएको जस्तो लागेपछि प्राविधिकहरुलाई भन्दा ठिक छ भनेर जवर्जस्ती काम गरेको वडा नम्बर १३ का अध्यक्ष मिलन सुनुवारले बताए । 

    स्थानीय पूर्वाधार विभागले १५ पुस ०७५ मा सडक निर्माणका लागि २५ करोड ८० लाखमा इसिआई कन्काई जेभीलाई ठेक्का दिएको थियो । कन्काई जेभीले सिन्धुलीको इमानुवल निर्माण कम्पनीलाई स्थानीय ठेकेदार तोकेर ६ महिनापछि निर्माण कार्य सुरु गरेको थियो । सडकको पिच तीन सेन्टिमिटर बाक्लो हुनुपर्ने सम्झौता छ । 

    यो सडक निर्माणाधीन मदन भण्डारी राजमार्ग जोड्ने सहायक सडक हो । बाटोको दुवै छेउको भित्ताबाट माटो खस्ने र बाटो पुरिने पनि भइरहेको वडाध्यक्ष सुुनुवारले बताए । ‘भत्केको त भत्किहाल्यो । अरूतिर पनि माटोले बाटो पुरिने, कटान हुने क्रम जारी छ,’ उनले भने । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij