Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

विपक्षी गठबन्धन निकट संयुक्त विद्यार्थी संगठनद्वारा देशव्यापी प्रदर्शन 

विपक्षी गठबन्धन निकट संयुक्त विद्यार्थी संगठनद्वारा देशव्यापी प्रदर्शन 

  • 910
    SHARES
  • विपक्षी गठबन्धन निकट संयुक्त विद्यार्थी संगठनद्वारा देशव्यापी प्रदर्शन 

    काठमाडौं । विपक्षी राजनीतिक दलनिकट संयुक्त विद्यार्थी संगठनले शनिबार सरकारविरुद्ध मुलुकभर प्रदर्शन गरेको छ ।

    संगठनमा आवद्ध विद्यार्थीहरुले शनिबार देशका विभिन्न क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका हुन् ।

    यसै क्रममा नेविसंघले काठमाडौंको पशुपति क्याम्पसमा प्रधानमन्त्री ओलीको पुत्दा दहन गरेको छ । पुतला जलाउने क्रममा प्रहरी र विद्यार्थीबिच केहीबेर घम्साघम्सी परेको थियो ।

    प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन् । संगठनले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

    यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको स्वास्थ्य, शिक्षाजस्ता न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको उनीहरुको आरोप छ ।

    यस्तै नेविसंघ कोटेश्वर क्याम्पसका बिद्यार्थीहरुले पनि सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्दा दहन गरेका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी विद्यार्थीहरुले संयुक्त मोर्चा बनाएर आन्दोलन गर्दै आएका छन् । 

    शुक्रबार बसेको बैठकले ८ बुँदे निर्णय पारित गर्दै संयुक्त विद्यार्थी संगठनले शनिबारबाट देशव्यापी आन्दोलन चर्काएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij