Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कानुन निर्माणमा सक्रिय भूमिका निभाउन माओवादीका सांसदलाई प्रचण्डको निर्देशन 

कानुन निर्माणमा सक्रिय भूमिका निभाउन माओवादीका सांसदलाई प्रचण्डको निर्देशन 

  • माघ २३, २०८० मंगलवार १२:२६ बजे
  • 180
    SHARES
  • कानुन निर्माणमा सक्रिय भूमिका निभाउन माओवादीका सांसदलाई प्रचण्डको निर्देशन 

    काठमाडौं । संसदको चालु अधिवेशनमा महत्वपूर्ण कानुनहरु पेस गर्ने सरकारको तयारी रहेकोले आफ्ना सांसदलाई कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । 

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा उनले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताए । 

    बैठकमा संसदीय मैत्री समूह गठन, आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण, १६औँ आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij