Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

काठमाडौंमा यस वर्षकै न्यून तापक्रम

काठमाडौंमा यस वर्षकै न्यून तापक्रम

  • 204
    SHARES
  • काठमाडौंमा यस वर्षकै न्यून तापक्रम

    काठमाडौं । हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ । काठमाडौं उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ । 

    काठमाडौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

    आज बिहान पाँच बजेतिर न्यूनतम तापक्रम दुई दशमलव नौ डिग्री मापन भएकामा अहिले विहान ८ः४५ बजेको समयमा झरेर न्यूनमत तापक्रम दुई दशमलव पाँच डिग्री मापन गरिएको छ ।

    दुई दिनअघि न्यूनतम तापक्रम तीन डिग्री मापन भएको थियो । जुम्लामा माइनस पाँच दशमलव तीन र मुस्ताङको जोमसोममा माइनस पाँच दशमलव पाँच डिग्री रेकर्ड भएको वरिष्ठ मौसमविद् अर्यालले बताए ।

    उनले अहिले गण्डकी, कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको बताए । अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी बदली रहेको र तराईको सबै क्षेत्रमा हुस्सु लागिरहेको उनले राससलाई बताए ।

    तराईमा राम्रोसँग घाम नलाग्ने तर लागे पनि कम न्यानो हुन्छ ।  

  • सम्बन्धित विषय:

  • # तापक्रम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij