वेबटिभी खबर
काठमाडौं । सबैभन्दा पहिला भारतमा भेटिएको कोरोना भाइरसको डेल्टा भेरिएन्ट विश्वका ९६ देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले आगामी केही महिनामा यो भरिएन्टले संक्रमण बढाउने आशंका गरेको छ ।
बेलायतमा भेटिएको अल्फा भेरिएन्ट भने अहिलेसम्म १७२ देशसम्म पुगिसकेको छ । अहिलेसम्म डेल्टा भेरिएन्ट पहिचान गर्ने क्षमता सीमित भएका कारण यसबारे डेटा कम भएको हुन सक्छ । विस्तारै खुल्दै गएका देशहरुका लागि डेल्टा भेरिएन्ट नयाँ खतरा बनेर आएको डब्ल्युएचओको भनाइ छ ।
यसको नियन्त्रणका लागि स्थानीय स्तरमा लामो समयसम्म सुरक्षा उपाय लागू गर्न आवश्यक छ । डब्ल्युएचओले यसलाई विश्वव्यापी भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा गरिसकेको छ ।
यही भेरिएन्टका कारण बेलायत, स्कटल्यान्डलगायत युरोपमा पनि संक्रमण बढिरहेको छ । डेल्टा भेरिएन्टको खतरालाई ध्यानमा राख्दै अष्ट्रेलियाले ग्रेटर सिड्नी, ब्लू माउन्टेन्स, सेन्ट्रल कोस्ट र वोलोनगंगमा दुई साता लकडाउन गरेको छ । सरकारले प्रतिबन्धको कडा कार्यान्वयनको लागि आग्रह पनि गरेको छ ।
साथै बंगलादेश, रूस, थाइल्यान्ड, इन्डाेनेशियालगायतका देशमा काेराेना संक्रमण बढिरहेकाे छ ।
कोभ्याक्सिन डेल्टा र अल्फा भेरिएन्टमा प्रभावकारी
कैयाैं देशहरूमा डेल्टा भेरिएन्टकाे संक्रमण बढ्दाे
डेल्टा प्लस भेरिएन्टलाई लिएर विश्वभर चिन्ता
डेल्टा भेरिएन्ट फैलिएको बेलायतका सहरमा सेना तैनाथ, परीक्षण तीव्र
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij