Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

सम्झौता भएको तीन वर्षपछि पुल निर्माण थालियो

सम्झौता भएको तीन वर्षपछि पुल निर्माण थालियो

  • 159
    SHARES
  • सम्झौता भएको तीन वर्षपछि पुल निर्माण थालियो

    उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका-१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका- ५ सुनकोशी नदीको वंशिलाघाटमा पक्की पुल निर्माण थालिएको छ ।

    निर्माण कम्पनी कालिका वेदान्सीसँग सम्झौता भएको तीन वर्षपछि काम प्रारम्भ भएको हो । एक सय ५० पचास मिटर लामो र ११ मिटर चौडा उक्त पुल निर्माण थालिएकामा खुशी व्यक्त गर्दै चौदण्डीगढी नगरपालिकाका प्रमुख कालु लामाले अब कुनै पनि बहानामा काम रोक्न नपाइने बताए ।

    सरकारले विनियोजन गरेको १९ करोड १८ लाख ४१  हजार चार सयको लागतमा पुल निर्माण थालिएको हो । प्राविधिक समस्याका कारण निर्माणमा विलम्ब भएको जनाउँदै कम्पनीले अब तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वर्षअघि पुलको शिलान्यास गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij