वेबटिभी खबर
फुङ्लिङ । चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको अवलोकन गर्ने पर्यटकको संख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए ।
विगतका वर्षमा यस समयमा हिमपात हुने गथ्र्यो तर अहिले भने यस क्षेत्रमा हिमपात नभएको शेर्पाले बताए । पर्यटक नआएपछि यहाँका होटल-लज पनि बन्द भएका छन् । यहाँका होटल सञ्चालक सदरमकाम फुङ्लिङ झरेका छन्भने केही काठमाडौं पुगेका छन् ।
चियो याम प्रारम्भ हुनुअघिसम्म कञ्चनजंघा क्षेत्रमा पर्यटकहरुको उल्लेखनीय आगमन भएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी तेन्जिङ शेर्पाले बताए ।
गत असोज देखि पुस सम्ममा विभिन्न देशका सात सय ६० जना पर्यटक कञ्चनजंघा क्षेत्रको अवलोकनमा आएका थिएभने आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य रहेको उनले बताए ।
शेर्पाले भने, ‘कोरोना महामारीपछि पहिलोपटक यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक कञ्चजंघा क्षेत्रमा धेरै आएका छन् ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij