Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

क्यानडामा उच्च गर्मी भएको एउटा गाउँभर आगलागी

क्यानडामा उच्च गर्मी भएको एउटा गाउँभर आगलागी

  • 1.3K
    SHARES
  • क्यानडामा उच्च गर्मी भएको एउटा गाउँभर आगलागी

    लिटन । क्यानडामा अत्यधिक गर्मी बढेको एउटा गाउँको ९० प्रतिशत क्षेत्र डढेलोले ढोकेको छ । त्यहाँका सांसद ब्राड भिजका अनुसार आगोले ब्रिटिश कोलम्बियाको लिटन र वरपरको महत्वपूर्ण पूर्वाधारलाई ठूलो क्षति पुर्‍याएको छ ।

    लिटनका मेयर जान पोल्डरम्यानले आफ्नो जीवन बचाउन सकेकोमा आफू भाग्यमानी भएको बताएका छन् । लिटनको धेरै क्षेत्र बाँकी रहने छैन, उनले भने जताततै आगो लागेको छ ।

    धुँवा र आगोको लप्काहरु गाउँमा आउन थालेपछि २५० जना बासिन्दा रहेको उक्त गाउँका मानिसहरु आफ्ना सामानविना नै घरबाट निस्किएका थिए । सो गाउँ भ्यान्कुभरबाट उत्तरपूर्व २६० किलोमिटरमा रहेको छ ।  

    सिबिसीकी मौसमविद् जोहाना वाग्स्टाफका अनुसार बुधवार साँझ ७१ किलोमिटर प्रतिघण्टामा तातो हावाको बेग आएको बताइन् । उक्त क्षेत्रमा आगो प्रतिघण्टा १० देखि २० किलोमिटरको वेगमा रहन सक्नेछ । 

    पोल्डरम्यानले बिबिसीसँग कुरा गर्दै डढेलो जम्मा १५ मिनेटमा पुरै गाउँमा फैलिएको र आफूले मानिसहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा सार्न निर्देशन दिएको बताएका थिए । यस साता त्यस गाउँमा तापक्रम ४९ दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो ।

    यतिवेला उत्तरी अमेरिकाको क्षेत्रहरूमा असामान्य रूपमा उच्च तापक्रम रेकर्ड गरिएको छ । पश्चिमी क्यानडाम रहेको ब्रिटिश कोलम्बियामा सामान्य दिनमा औसत १६५ जनाको मृत्यु हुने गरेकोमा पछिल्लो पाँच दिनमा ४ सय ८६ जनाको ज्यान गएको छ ।

    प्रमुख कोरोनेर लिजा लपोइन्टेले अत्यधिक गर्मीकै कारण आगलागी भएको बताइन् । पश्चिमी प्रान्तमा विगत ३ देखि ५ वर्षभित्र गर्मीका कारण जम्मा ४ जनाको मृत्यु भएको थियो । तीमध्ये धेरैजसाे (अनभेन्टिलेटेड) हावा राम्राेसँग प्रवाह नहुने घरमा बसेका व्यक्तिहरू थिए । 

    क्यानाडाको तटीय क्षेत्रमा तापक्रम सहज हुँदै गएको छ तर अन्तर्देशीय क्षेत्रहरूको लागि त्यहाँ राहत छैन । मौसम प्रणाली प्रिरी प्रान्तहरूमा पूर्वतिर बढिरहेको छ, अल्बर्टा, सास्काचेवा र मनिटोबाको केही भागलाई वातावरण विभागले जोखिम क्षेत्रमा राखेको छ । 

    canada.jpg

    क्यानडामा अत्यधिक गर्मीका कारण १३० को मृत्यु क्यानडामा अत्यधिक गर्मीका कारण १३० को मृत्यु अमेरिका र क्यानडामा अत्यधिक गर्मी [७ तस्बिर] अमेरिका र क्यानडामा अत्यधिक गर्मी [७ तस्बिर]

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij