एजेन्सी
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ७०२ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । जबकि दिल्ली, कर्नाटक, केरला र पश्चिम बंगालमा एक एक बिरामीको मृत्यु भएको छ।
घरै बसेर निको हुने भनिएको कोरोनाको नयाँ सब–भेरियन्ट जेएन वानका केसहरु राजधानी दिल्लीमा पनि देखिएको छ । जिनोम सिक्वेन्सिङका लागि पठाइएका नमूनाहरूको अनुसन्धानका क्रममा जेएन वान पुष्टि भएको हो ।
दिल्लीका स्वास्थ्य मन्त्री सौरभ भारद्वाजले एक जनामा पहिलो पटक जेएन वान देखिएको पुष्टि गरेका छन् । पछिल्लो समय चिसो बढेसँगै कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको हो । नयाँ वर्षको उत्सव निकट रहेका बेला कोरोनाका केस बढ्दै जानु चिन्ताको विषय बनेको छ । भारतीय सरकारले कोरोनाबाट बच्न सावधानी अपनाउनका लागि आग्रह गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij