Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

विप्लव सार्वजनिक

विप्लव सार्वजनिक

  • फाल्गुण २१, २०७७ शुक्रवार ०९:११ बजे
  • 793
    SHARES
  • विप्लव सार्वजनिक

    काठमाडौं । ०७५ चैत २८ गतेबाट सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि आज शुक्रबार पहिलोपटक विप्लव सार्वजनिक भएका छन् ।

    उनी नवलपरासीबाट काठमाडौं आउने तयारीमा रहेको स्रोतले बताएको छ ।

    आज काठमाडौंस्थ्ति राष्ट्रिय सभागृहमा दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्त रुपमा सम्बोधन गर्दै छन् ।

    बिहीबार सरकार-विप्लव ३ बुँदे सहमति भएपछि विप्लव नेतृत्वको पार्टीमाथिको प्रतिबन्ध सरकारले हटाएको छ ।

    उक्त सहमतिपछि विप्लव नेतृत्वको नेकपा अब शान्तिपूर्ण मुलधारको राजनीतिमा आउने भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij