Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

जनसंख्या र भूगोलको आधारमा विकास हुनुपर्छ : मन्त्री यादव

जनसंख्या र भूगोलको आधारमा विकास हुनुपर्छ : मन्त्री यादव

  • 193
    SHARES
  • जनसंख्या र भूगोलको आधारमा विकास हुनुपर्छ : मन्त्री यादव

    काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री महिन्द्रराय यादवले जनसंख्या र भूगोलको आधारमा विकास हुनुपर्ने बताएका छन् ।

    नेपाल नगरपालिका संघद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय सहरी सरसफाइ सम्मेलन-२०२३’ मा उनले जनसंख्याका आधारमा स्थानीय तहमा बजेट विनियोजन गरिनुपर्नेमा जोड दिए ।

    उनले भने, ‘स्थानीय तहमा विकासको बजेट समुचितरूपमा विनियोजन हुनुपर्छ । जनसंख्याका आधारमा स्थानीय तहमार्फत बजेट विनियाजन भए प्रभावकारी कार्यसम्पादन हुन्छ ।’

    सरकारले कसरी स्थानीय तहलाई प्रभावकारी बनाउन सकिन्छ ? भन्ने विषयमा छलफल गरिरहेको उल्लेख गरे । सबै क्षेत्रको विकास जनसंख्या र भूगोलका आधारमा हुनुपर्ने उनको भनाइ छ ।

    मानव सूचकांकको आधारमा विकासको बजेट छुट्याउनुपर्ने भन्दै मन्त्री यादवले संघ र स्थानीय सरकारका बीचमा भएका अफ्ठ्यारा तथा कानुनी अवरोध हटाएर अगाडि बढ्नुपर्ने बताए ।

    कार्यक्रममा संघका अध्यक्ष भीम ढुंगानाले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य भएमा विकास निर्माणमा प्रभावकारीरुपमा काम हुने बताए ।

    संघ सरकारले स्थानीय तहलाई दिनुपर्ने अधिकार चाँडो भन्दा चाँडो दिनुपर्ने भन्दै स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन अब ढिलो गर्न नहुने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij