Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

म्यान्मारमा पत्रकार एवं मानव अधिकारकर्मीसहित २३ सय बन्दी रिहा

म्यान्मारमा पत्रकार एवं मानव अधिकारकर्मीसहित २३ सय बन्दी रिहा

  • 806
    SHARES
  • म्यान्मारमा पत्रकार एवं मानव अधिकारकर्मीसहित २३ सय बन्दी रिहा

    याङ्गुन । म्यानमारको कारागारमा राखिएका २ हजार ३ सय बन्दीहरुलाई बुधबार रिहा गरिएको छ । 

    सेनाले सत्ता कब्जा गरेको विरोधमा प्रदर्शनमा उत्रिँदा पक्राउ परेर कारागारमा राखिएकामध्ये २ हजार २ सय जनालाई रिहा गरिएको हो । पक्राउ परेर रिहा हुनेमा केही पत्रकार र मानवअधिकारकर्मीहरू पनि रहेको जनाइएको छ । देशको खस्कँदो अवस्थाबाट मानिसको ध्यान अन्यत्र स्थानान्तरण गर्न उनीहरुलाई रिहा गरेको बताइएको छ । 

    राजबन्दीहरुको अधिकारसम्वन्धी एउटा समुहका अनुसार देशभरीबाट ५ हजार २ सय १० जनालाई कारागारमुक्त गर्ने अपेक्षा गरिएको थियो । म्यानमारमा गत फेब्रुअरी १ तारिखमा सेनाले सत्ता कब्जा गरेपछि सेनाको कदमका विरुद्धमा आन्दोलन भइरहेको छ । 

    आन्दोलनका क्रममा सयौंको मृत्यु भएको छ भने अरु हजारौ घाइते र बन्दी भएका छन् । आन्दोलन अहिले पनि जारी रहेको छ । 

    सेनाले सत्ता कब्जामा लिएर चर्चित प्रजातन्त्रवादी नेतृ आङसाङ सूचीलगायत केही शीर्षस्थ नेताहरूलाई नियन्त्रणमा लिएकाले पनि आन्दोलन बढी चर्किएको हो । सेनाले नियन्त्रणमा लिएका नेताहरूलाई भ्रष्टाचारलगायतका विभिन्न मुद्धा लगाएको छ ।

    उनीहरुलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको भन्दै मुद्दा फिर्ता लिन र तत्काल रिहा गर्न माग पनि आन्दोलनकारीहरूले गरेका छन् । 

    सेनाको कदमको विश्वभरबाट विरोध भइरहेको छ । कतिपय देश तथा अन्तर्राष्टिय निकायहरुले म्यानमारसँगको सहकार्य र सहयोग पनि बन्द गरेका छन् । 

    गतवर्ष भएको निर्वाचनमा सूचीको पार्टीले धेरै ठाउँमा जीत हासिल गरेपछि सेनाले निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाउदै आएको थियो । निर्वाचनमा धाँधली भएको र निष्पक्ष तथा स्वतन्त्र रूपमा नभएकोले फेरि निर्वाचन गर्न पर्ने सेनाको माग थियो । 

    सेनाको मागलाई पर्यवेक्षक र निर्वाचन आयोगसमेतले अस्वीकार गरेपछि नव गठित संसदको पहिलो बैठक तोकिएकै दिन सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर शासन हातमा लिएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij