Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

नेपाल सुपर लिग फुटबल : ललितपुरको अपराजित यात्रा जारी

नेपाल सुपर लिग फुटबल : ललितपुरको अपराजित यात्रा जारी

  • 142
    SHARES
  • नेपाल सुपर लिग फुटबल : ललितपुरको अपराजित यात्रा जारी

    काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

    दशरथ रंगशालामा आज भएका खेलमा दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि प्रतियोगिता गोलरहित बराबरीमा टुंगिएको हो ।

    आजको खेलसँगै दुवै टोलीले प्रतियोगितामा एक-एक अंक बाँडेका छन् । दश अंक बटुलेको ललितपुर अंकतालिकाको दोस्रो स्थानमा छ ।

    त्यस्तै पाँच खेलमा स्पर्धा गरेको धनगढी ११ अंक समेटेर पहिलो स्थानमा छ । यो खेलसँगै ६ खेलमा प्रतिस्पर्धा  गरेको झापाले सात अंक पाएको छ ।

    एक हार, एक जित र चार बराबरीसँगै झापा अंकतालिकाको पाँचौा स्थानमा छ । दशरथ रंगशालामा भोलि दुई खेल हुनेछन् । दिउँसो १ बजे हुने पहिलो खेलमा पोखरा थन्डर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ भने अपराह्न ५ बजे हुने दोस्रो खेलमा स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ । 

  • सम्बन्धित विषय:

  • # ललितपुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij