वेबटिभी खबर
काठमाडौं । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नदिने काठमाडौं महानगरपालिकालको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।
आज उच्च अदालत पाटनका न्यायधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको सयुक्त इजलासले काठमाडौं महानगरको सुर्तीजन्य पदार्थमा बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
आदेशमा अन्तिम टुङ्गो नलागेसम्म निर्णय कार्यान्वयन नगर्न÷नगराउन भनिएको छ ।
‘निवदेकले रितपूर्वक उद्योग व्यवसाय सञ्चालन गरी कर तथा राजस्व नियमित तिर्दै बुझाउँदै आएको अवस्थामा हाल काठमाडौं महानगरले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ एवम् काठमाडौं महानगर जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ लाई आधार मानी निवेदकको बिक्री विवरण समेतमा पूर्ण प्रतिबन्ध लगाएको छ ।’, भन्ने सूचनाले निवेदकले कानुन बमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकुल असर परी अपूरणीय क्षति पुग्नसक्ने अवस्था देखिएको छ ।’ आदेशमा उल्लेख गरिएको छ ।
काठमाडौं महानगरले यही मंसिर २७ गतेदेखि प्लास्टिक प्याकेजिङ् गरिएका, खैनी, गुट्खा, पानपराग जस्ता सुर्तीजन्य पदार्थको बिक्री विवरणमा रोक लगाएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij