Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

प्रधानमन्त्रीले न्यायाधीश धम्क्याएः देउवा

प्रधानमन्त्रीले न्यायाधीश धम्क्याएः देउवा

  • 826
    SHARES
  • प्रधानमन्त्रीले न्यायाधीश धम्क्याएः देउवा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशलाई धम्काइरहेकोे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन् । 

    विपक्षी गठवन्धनले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा देउवाले न्यायाधीशहरुलाई ओलीले अनावश्यक धम्की दिएको भन्दै कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने बताए ।

    सभापति देउवाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम आफूले दावी गरेकाले आफूलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोमा असन्तुष्टि व्यक्त गरे । देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएको टिप्पणी पनि गरे । 

    उनले छिमेकी बदल्न नसकिने भन्दै नेपालले दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने बताए । अर्काे प्रसंगमा देउवाले कमिसनका कारण कोरोनाको खोप नआएको दावी गरे । 

    विपक्षी गठबन्धनका अर्का नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नै अहिलेको प्रमुख समस्या भएको बताए । ओलीप्रवृत्ति अहिले लोकतन्त्र, राष्ट्र र संविधानका निम्ति खतरा बनेको भन्दै उल्लेख गर्दै उनले त्यसविरुद्ध गठबन्धनका दल एक भएको धारणा राखे ।

    त्यस्तै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अहिले संविधान र गणतन्त्र नै खतरामा परेकाले संघर्षमा जानु परेको बताए ।  व्यक्तिका कारण पनि सुशासन कायम नभएको उल्लेख गर्दै उनले अबका दिनमा व्यक्ति चयनबारे ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले ओली जेष्ठ २ गते फर्कन तयार भए पनि आफूले मूल्य–मान्यताको राजनीति नछाड्ने दृढता व्यक्त गरे । 

    कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा लोकतान्त्रिक मूल्य, मान्यतालाई जोगाउन र संस्थागत गर्नका लागि गठबन्धनलाई थप मजवुत बनाएर लैजाने स्पष्ट पारे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij