Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

पहिराेले अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन

पहिराेले अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन

  • 828
    SHARES
  • पहिराेले अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन

    तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिराेले अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका-४ थर्पुमा लेदो माटो खसेर आज बिहानदेखि अवरुद्ध भएको सडक बिहान ८:०० बजेदेखि पुनः सञ्चालन भएको प्रहरीले जनाएको छ । 

    लेदो माटोसहितको पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालन भएको प्रहरी चौकी थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए । लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेको थियो ।  

    सोमबार रातिदेखि परेको वर्षाका कारण म्याग्देका केही ठाउँ डुबानमा परेका छन् । जिल्ला प्रशासनले कार्यालयले आजदेखि तीन दिन भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको छ । अहिलेसम्म जिल्लामा वर्षाका कारण क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij