Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

गुरु नानक जयन्तीको अवसरमा राष्ट्रपतिको शुभकामना

गुरु नानक जयन्तीको अवसरमा राष्ट्रपतिको शुभकामना

  • रासस
  • मंसिर ११, २०८० सोमवार ०६:२२ बजे
  • 225
    SHARES
  • गुरु नानक जयन्तीको अवसरमा राष्ट्रपतिको शुभकामना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाज सुधारक धार्मिक गुरु ‘गुरु नानक’ ले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीतिका विरूद्ध मानिसलाई सचेत गराउन खेल्नुभएको भूमिका सदैव स्मरणीय रहेको बतामएका छन् । 

    शिख धर्मावलम्बीको विशेष पर्व गुरु नानक जयन्तीको अवसरमा आज राष्ट्रपति पौडेलले जारी गरेको सन्देशमा विश्वभर छरिएर रहेका सम्पूर्ण शिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

    ‘गुरु नानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सकिएमा समाजमा शान्ति स्थापना भई आपसी सद्भाव, भाइचारा, सहिष्णुताका साथै सामाजिक न्याय प्रगाढ हुने र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन बल पुग्ने मैले विश्वास लिएको छु,’ राष्ट्रपतिले सन्देशमा भनेका छन् ।

    समाजमा विद्यमान सबै प्रकारका विकृति र विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता तथा भ्रातृत्व कायम गर्न गुरु नानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास पनि राष्ट्रपति पौडेलले लिएका छन् । गुरु नानक जन्मजयन्ती हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमामा शिख धर्मावलम्बीले भक्तिभावका साथ मनाउने गर्दछन् ।

  • सम्बन्धित विषय:

  • # गुरु नानक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij