वेबटिभी खबर
चितवन । भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव फेला गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०/३२ वर्षको उमेरका उनीहरुको शव भेटिएको हो ।
शव दुईवटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शंकास्पद भएको उनले बताए । हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रवक्ता पण्डितले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij