वेबटिभी खबर
काठमाडौं । प्रतिगमन विरोधी पाँच विद्यार्थी संगठनले बुधबार देशभर प्रदर्शन गर्ने भएको छ ।
उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुर सहित देशभरका ७७ वटै जिल्लामा विद्यार्थी संगठनका स्थानीय जिल्ला नेतृत्वको सहभागीता र अगुवाईमा विरोध कार्यक्रम गरिने अखिल (क्रान्तिकारी)का प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।
बिहान ११ बजे पछि मौसमको अनुकुलताअनुसार गरिने कार्यक्रममा प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला जलाइने मैनालीले बताए ।
मैनालीले प्रदर्शनमा नेविसंघ, अखिल (क्रान्तिकारी), माधव नेपाल समूहको अनेरास्ववियू ,समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) सहभागी रहनेछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij