Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

सुख्खाले गर्दा छठ घाटमा पानी अभाव

सुख्खाले गर्दा छठ घाटमा पानी अभाव

  • 379
    SHARES
  • सुख्खाले गर्दा छठ घाटमा पानी अभाव

    सर्लाही । समयमा पानी नपर्दा छठ घाट निर्माणमा श्रद्धालुले कठिनाई झेल्नु परेको छ । अधिकांश पोखरी तथा नदीमा पानी अभाव देखिएको छ ।

    पहाड र चुरे क्षेत्रबाट निस्केको अधिकांश खोला नदीहरुमा पानीको बहाव नभएपछि छठपर्वको लागि श्रद्धालुलाई नदी तथा पोखरीमा मोटरबाट तानेर पानी जम्मा गर्न गाह्रो भएको छ ।

    सर्लाहीको बाके खोला, सपहा खोला, नखा खोलासहित केही सानो खाले नदीहरुमा  पानीको अभाव पछि छठघाटको लागि खोलामै खाल्डो खनेर प्लास्टिक राखी पानी जम्मा गरेको ब्रह्पुरी गाउपालिका सखुअवा टोल बस्ने सुरेन्द्र रायले बताए ।

    अस्ताउदै र उदाउँदो गरेको सुर्यलाई पानीमा उभिएर अर्घ दिइने हुनाले छठपर्वमा पानीको निकै महत्त्व हुन्छ ।

  • सम्बन्धित विषय:

  • # छठ पर्व

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij