Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

एमालेले कारबाही गरेका नेपालसहित ११ नेतालाई महाधिवेशन कमिटी बैठकमा बोलाइएन

एमालेले कारबाही गरेका नेपालसहित ११ नेतालाई महाधिवेशन कमिटी बैठकमा बोलाइएन

  • 1.2K
    SHARES
  • एमालेले कारबाही गरेका नेपालसहित ११ नेतालाई महाधिवेशन कमिटी बैठकमा बोलाइएन

    काठमाडौं । नेकपा एमालेले कारबाही गरेर पार्टीबाट निष्काशन गरेका वरिष्ठ नेता माधव नेपालसहित ११ नेतालाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा बोलाएको छैन । 

    १० जेठमा बसेको एमाले स्थायी समितिको सातौं बैठकले वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल साथै भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायत ११ जनालाई पार्टीबाट निष्काशित गरेको थियो । 

    तर नेपाली कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने अरु १२ जना नेतालाई भने दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा बोलाएको छ । अधिवेशन आयोजक कमिटीको बैठक बुधबार बिहान ११ बजे बस्ने तय भएको छ । 

    बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बुधबार बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकले सोही कमिटीलाई केन्द्रीय कमिटी बनाउने तयारी गरिसकेको छ । 

    सर्वोच्चले एमाले ब्युँताएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी गठन गरे पनि २७ जेठमा सर्वोच्च अदालतले उक्त कमिटी अमान्य भएको फैसला गरेको छ । सर्वोच्चको सो फैसलापछि एमालेलाई २ जेठ ०७५ को अवस्थामा फर्काउने ओलीको रणनीति छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij