वेबटिभी खबर
काठमाडौं । सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न निर्देशन दिएको छ ।
रूकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरूको राहत तथा उद्धारका लागि सहज होस् भनेर रूकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले अन्तको उडान स्थगित गरेर भए पनि रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij