Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

टी-२० विश्वकप छनोट: सिंगापुरमाथि नेपालको ८ विकेटको जित

टी-२० विश्वकप छनोट: सिंगापुरमाथि नेपालको ८ विकेटको जित

  • 161
    SHARES
  • टी-२० विश्वकप छनोट: सिंगापुरमाथि नेपालको ८ विकेटको जित

    काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा नेपालले उत्कृष्ट सुरूआत गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरमाथि ८ विकेटको जित निकाल्दै नेपालले विजयी सुरूआत गरेको हो।

    सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ७४ रनको योगदान गर्ने क्रममा ४८ बलमा ८ चौका र २ छक्का प्रहार गरे। २६ बलमा अर्धशतक पूरा गरेका कुशलको यो सातौं टी-२० अन्तर्तर्राष्ट्रिय अर्धशतक हो।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij