Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

बंगलादेशमा रेल दुर्घटनामा परी १५ जनाकाे मृत्यु

बंगलादेशमा रेल दुर्घटनामा परी १५ जनाकाे मृत्यु

  • 261
    SHARES
  • बंगलादेशमा रेल दुर्घटनामा परी १५ जनाकाे मृत्यु

    एन्जेन्सी । बंगलादेशमा सोमबार दुई वटा रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

    बंगलादेशको किशोरगञ्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिए ।

    बन्दरगाह सहर चट्टोग्रामतर्फ गइरहेको कन्टेनर रेल दिउँसो करिब साढे ३ बजे ढाका गइरहेको एगरोसिन्धुर एक्सप्रेससँग ठोक्किएको थियो ।

    भग्नावशेषबाट अहिलेसम्म १५ वटा शव बाहिर निकालिएको छ । दुर्घटनामा एगरोसिन्धुर एक्सप्रेसका कयौँ डिब्बा पल्टिँदा करिब एक सय जना घाइते भएका छन् ।

    अधिकारीहरूका अनुसार जीवित अधिकांश यात्रीहरूलाई चोट लागेको छ र उनीहरूलाई अस्पताल पुर्याइएको छ । सयौँ स्वयंसेवक र स्थानीय बासिन्दा अग्निशमनकर्ताहरूसँग सहभागी भएर भग्नावशेषमा फँसेका मानिसलाई बचाउन सक्रिय भएका थिए ।

  • सम्बन्धित विषय:

  • # बंगलादेश

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij