वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले अवैध रूपमा कोभिशिल्ड खोपको बिक्री वितरण भइरहेको जनाएको छ । आइतबार मञ्चले विज्ञप्ति निकाल्दै काठमाडौंलगायतका शहरी क्षेत्रमा कोभिशिल्ड खोप भन्दै लुकीछिपी ३ हजारदेखि ५ हजार सम्ममा बिक्री वितरण भइरहेको गोप्य सूचना केही चिकित्सकहरूले दिएको दावी गरेको छ ।
सरकारी संयन्त्रबाट नै खोप गायब भएको समाचार र भारतको बंगालमा नक्कली कोभिशिल्ड बजारमा बिक्री भई रहेको समाचारलाई विश्लेषण गर्दा यसमा सरकारको सक्रियता र सजगतामा कमी देखिएको विज्ञप्तिमा उल्लेख छ । जनस्वास्थ्यमाथि खेलवाड गर्दै यस्तो क्रियाकलापको सम्बन्धमा ध्यानाकर्षण गर्दै तत्काल छानविन गरी दोषीलाई कारबाही गर्न मञ्चले माग गरेको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij