Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

काठमाडौंमा लुटेरमाथि दिउँसै गोली प्रहार, एक घाइते 

काठमाडौंमा लुटेरमाथि दिउँसै गोली प्रहार, एक घाइते 

  • 179
    SHARES
  • काठमाडौंमा लुटेरमाथि दिउँसै गोली प्रहार, एक घाइते 

    काठमाडौं । काठमाडौंको बौद्धमा प्रहरीको गोली लागेर आज लुटेरा समूहका एकजना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर सिन्धुलीका सन्तोष घनाल घाइते भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

    उनले भने, ‘लुटेरा समूहले हाम्रो प्रहरी टोलीमाथि आक्रमण गर्दा आत्मरक्षाका लागि जवाफी फायर गर्दा घनाल घाइते भएका हुन् ।’

    घाइते भएका घनालको एनएम्स अस्पताल जोरपाटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैगरी उक्त घटनामा शान्त लामा र जितेन लामालाई प्रहरीले नियन्त्रणमा लिनुका साथै उनीहरुको साथबाट सात राउण्ड गोली, एउटा पेस्तोलसहित दुई वटा मोटरसाइकल बरामद गरिएको प्रवक्ता रेग्मीले बताए । 

  • सम्बन्धित विषय:

  • # गोली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij