Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन आह्वान

स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन आह्वान

  • 227
    SHARES
  • स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन आह्वान

    काठमाडौं । सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान गरेको हो ।

    कर्मचारी केन्द्रीय संघर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौंको माइतीघरमण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।

    यही असोज १५ देखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाजसमेत ठप्प पारेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij