Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

मेलम्चीको बाढीले थप एक घर बगायो

मेलम्चीको बाढीले थप एक घर बगायो

  • 865
    SHARES
  • मेलम्चीको बाढीले थप एक घर बगायो

    काठमाडौं । लगातारको वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीले मेलम्ची नगरपालिका-११ मा रहेको पक्की घर बगाएको छ । शनिबार बिहान मेलम्ची नदीले कटान गर्दै जाने क्रममा साे घर बगाएको हो ।

    नदीमा पानीको बहाव केही बढे पनि तत्काल थप जोखिमको अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बताएको छ ।

    ‘यसअघिकै बाढीले खेत कटान गरी घरनजिकै नदी आएको थियो । तत्काल कटान रोक्न सक्ने अवस्था थिएन, नदीले कटान गर्दै आउँदा बिहान एउटा घर ढलेको हो,’ सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले भने । 

    सो घरका बासिन्दा यसअघिकै बाढीका बेला सुरक्षित स्थानमा गएको र सामानह? पनि सारिएको उनले जानकारी दिए  । असारको पहिलो दिनदेखि आएको बाढीले जीर्ण अवस्थामा लगेका केही संरचनाहरू जोखिममा छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij