Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

थपिए  २४७६ कोरोना संक्रमित ५४४५ निकाे भए

थपिए  २४७६ कोरोना संक्रमित ५४४५ निकाे भए

  • 920
    SHARES
  • थपिए  २४७६ कोरोना संक्रमित ५४४५ निकाे भए

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २४७६ जना नयाँ संक्रमित थपिएका छन् । 

    यो अवधिमा ५४४५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    १४ हजार ३५१ जनाकाे नमुनामध्ये ९५८६ जनाकाे पिसिआर विधि र ४७६५ जनाकाे एन्टिजेन विधिबाट  परीक्षण गरिएकाे थियाे ।

    पिसिआरमा १ हजार ७२१ जनामा  र एन्टिजेनमा ७५५ जनामा संक्रमण पुष्टि भएको हाे ।

    त्यसैगरी आज थप २७ जनाको संक्रमणका कारणले निधन भएको छ । याेसमेत संक्रमणबाट हालसम्म निधन हुनेकाे संख्या ८९४५ पुगेकाे छ । 

    नेपालमा हालसम्म ६ लाख ६१ हजार ८४१ जनामा संक्रमण पुष्टि भएको छ भने ५ लाख ७६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।

    नेपालमा कोरोना निको हुने दर ९१.३ प्रतिशत छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij