Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु 

दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु 

  • 714
    SHARES
  • दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु 

    काठमाडौं । नेपालगञ्जमा दुई समुदायबीच झडपको अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालयले अहिले मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

    ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीका क्रममा विवाद उत्पन्न भइ नगर क्षेत्रका सार्वजनिक सम्पत्तिमा तोडफोड र अन्य उच्छृङ्खल गतिवधि हुन थालेपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

    नेपालगञ्ज नगर क्षेत्र (पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका) यति चार किल्ला सीमा क्षेत्र भित्र कर्फ्यु लगाइएकाे छ ।

    प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जारी गरेको कर्फ्यु आदेशमा आदेश उल्लंघन गर्नेलाई कानुन बमोजिम बल प्रयोग गरी कानुन बमोजिम कारबाही गरिने उल्लेख छ ।

    nepalgunj carfue.jpg

  • सम्बन्धित विषय:

  • # कर्फ्यु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij