Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मकवानपुर प्रशासनकाे सेवा १३ गतेदेखि सुरु गरिने

मकवानपुर प्रशासनकाे सेवा १३ गतेदेखि सुरु गरिने

  • 531
    SHARES
  • मकवानपुर प्रशासनकाे सेवा १३ गतेदेखि  सुरु गरिने

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यही असार १३ गतेदेखि सेवाप्रवाह पुनः सुरु गर्ने जनाएको छ । कोरोना कहरका कारण करि दुई महिनादेखि अवरुद्ध रहेका विभिन्न सेवा पुनः सञ्चालन गर्न लागिएको हो ।

    नयाँ नागरिकता, प्रतिलिपी र राहदानी बनाउन आउने सेवाग्राहीका लागि पालिकाअनुसार दिन निश्चित तय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा नागरिकता तथा राहदानी बनाउन आउने सेवाग्राहीलाई निश्चित गरिएको हो ।

    थाहानगर, कैलाश, राक्सिराङ र इन्द्रेसरोबर गाउँपालिकाका सेवाग्राहीलाई नागरिकता तथा राहदानीसम्बन्धी कार्यका लागि मंगलबार र बुधबार आउन भनिएको छ ।

    त्यसैगरी मनहरी, वाग्मती, बकैया मकवानपुरगढी र भीमफेदी गाउँपालिका सेवाग्राहीले बिहीबार र शुक्रबार नागरिकता, प्रतिलिपि र राहदानी बनाउन पाउनेछन् । हेटौँडा उपमहानगरका सेवाग्राहीलाई आइतबार र सोमबार नागरिकता तथा राहदानीसम्बन्धी सेवा प्रदान गरिनेछ ।

    कोरोनाको संक्रमणबाट बच्न र कार्यालयमा भिडभाड कम गर्न बारअनुसार सेवा प्रवाह तोकिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । सेवाग्राहीलाई सेवा लिन कार्यालय आउँदा अनिवार्यरू मास्क लगाई स्वास्थ्य मापदण्ड पालन गर्नसमेत भनिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij