Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पहिराेले घर पुरिँदा तीनको मृत्यु

पहिराेले घर पुरिँदा तीनको मृत्यु

  • 807
    SHARES
  • पहिराेले घर पुरिँदा तीनको मृत्यु

    रोल्पा । अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका-९ लिउनमा तीनजनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    घटनामा परी तीनजना घाइते भएका छन् । पहिराले घर पुरिँदा रोल्पा-९ लिउनका ४६ वर्षीया प्रतिमा बुढा, १८ वर्षीया  सुशिला बुढा र १६ वर्षीया श्यामकला बुढाको मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

    घटनामा  परी ४०  वर्षीय  टीकासिंह बुढा, ४५ वर्षीया  सुनमाया  बुढा र नौ वर्षीय शक्तिमान बुढा घाइते अवस्था रहेको सुवेदीले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij