Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चार दिनदेखि बेपत्ता किशोर अझै फेला परेनन्

चार दिनदेखि बेपत्ता किशोर अझै फेला परेनन्

  • 254
    SHARES
  • चार दिनदेखि बेपत्ता किशोर अझै फेला परेनन्

    दयपुर । गत बिहीबारदेखि बेपत्ता भएका किशोर अझै फेला परेका छैनन् । जिल्लाको बेलका नगरपालिका–१ आम्वासीका १३ वर्षीय किशोर त्रियुगा नदीमा पौडी खेल्न गएका थिए ।

    जिल्ला प्रहरी कार्यलयका अनुसार बेपत्ता किशोर देवनारायण चौधरीका छोरा १३ वर्षीय संविधान चौधरी रहेका हुन् । बिहीबार बाख्रा चराउन निस्किएका चौधरी पौडी खेल्न त्रियुगा नदीमा प्रवेश गरेसँगै बेपत्ता भएको जिल्ला प्रहरीले जनाएको छ ।

    बेपत्ता चौधरीको शुक्रबारदेखि निरन्तर खोजी कार्य जारी राखे पनि अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

    बेपत्ता किशोरको खोजीको लागि सशस्त्र प्रहरी बल सुनसरीको गोताखोर टिमसमेत समावेश भएको छ । बेपत्ता चौधरी चौदण्डी गढी आम्वासीको देवनारायण माविमा कक्षा ९ मा अध्ययनरत थिए ।

  • सम्बन्धित विषय:

  • # बेपत्ता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij