Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

रास्वपा अध्यक्षसँग भारतीय राजदूतको भेट

रास्वपा अध्यक्षसँग भारतीय राजदूतको भेट

  • 195
    SHARES
  • रास्वपा अध्यक्षसँग भारतीय राजदूतको भेट

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

    रास्वपा पार्टी कार्यालय वनस्थलीमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको पार्टीका केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिए ।

    सो अवसरमा नेपालको समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउनुका साथै आपसी चासोका मुद्दालाई सम्वादमार्फत् हल गर्दै जानुपर्नेमा पार्टी सभापति लामिछानेले जोड दिएका थिए ।

    उनले रास्वपाको मुख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास भएको बताएका थिए ।

    उक्त भेटमा रास्वपाकातर्फबाट महामन्त्री डा.मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद  शिशिर खनाल र अर्का सांसद मनिष झाको सहभागिता रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij