Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

  • 908
    SHARES
  • पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

    नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ स्थित होङ्सी गेटनजिकै डुम्रेखोलाको ड्याममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ बेहुलीकोटका २१ वर्षीय लक्ष्मण बोहोरा रहेका छन् । 
     
    जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक मधुसुधन सिंहले डुम्रेखोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बोहोराको खोज तलासका क्रममा आज शव भेटिएको जानकारी दिए । मृतक ट्रकका सहचालक रहेका बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # नवलपरासी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij