Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

झापाका पसल खुले

झापाका पसल खुले

  • 1.1K
    SHARES
  • झापाका पसल खुले

    काठमाडौं । निषेधाज्ञाका कारण १९ वैशाखदेखि बन्द रहेका पूर्वी नेपालका मुख्य बजारहरू खुल्न थालेका छन् । झापा बिर्तामोडसहित झापाको दमक, काँकडभिट्टा, धुलाबारी क्षेत्रका बजारहरू मध्यान्ह १२ बजेसम्मका लागि खुल्न थालेका छन् । बजार खुल्न थाले पनि पसलमा ग्राहकको उपस्थिति नभएको व्यावसायीहरू बताउँछन् ।

    कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र बनेपछि प्रदेश-१ का १४ वटा जिल्लामा लगाइएको निषेधाज्ञा क्रमिक रूपमा खुल्ने चरणमा छन् । केही जिल्लामा अहिले पनि निषेधाज्ञा जारी छ । जिल्ला प्रशासन कार्यालय झापाले मध्यान्ह १२ बजेसम्मका लागि पसलहरू खोल्न अनुमति दिएको छ।

    १२ बजेसम्म पसल खोल्न पाइने भएपछि झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडमा दुई महिना पसल बन्द गरेर घरमै बसेका व्यावसायीहरूले मंगलबार बिहानदेखि पसल खोल्न थालेका छन् । ‘जिल्ला प्रशासन कार्यालयबाट सुचना आएपछि आज बिहानबाट पसल खोल्यौं । तर ग्राहकको चहलपहल छैन,’ बिर्तामोडमा मोबाइल पसल चलाउँदै आएका सुनिल घिमिरेले भने, ‘सडकमा निजी सवारीहरू अलिअलि चलेको देखिए पनि पसलमा आउने ग्राहकको संख्या एकदम कम छ ।’

    जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारी साधन सञ्चालनलाई खुला नगरेका कारण बजारमा ग्राहकहरूको उपस्थिति नरहेको व्यावसायीहरू बताउँछन् । यस्तै दमक, काँकडभिट्टा, धुलाबारी, शनिश्चरे, सुरुङ्गा, झिलझिलेलगायतका बजार मंगलबारदेखि खुले पनि बजारमा ग्राहक आएका छैनन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij