Logo

२०८३, मंसिर ७ गते आइतवार

२०८३, मंसिर ७ गते आइतवार

अमेरिकामा घरमै खतरनाक जनावार पाल्ने चलन बढ्दो

अमेरिकामा घरमै खतरनाक जनावार पाल्ने चलन बढ्दो

  • 782
    SHARES
  • अमेरिकामा घरमै खतरनाक जनावार पाल्ने चलन बढ्दो

    वाशिंटन । मानिसहरु सामान्यतया घरमा कुकुर बिरालो पाल्छन् साथै कतिपयको घरमा माछा, कछुवा, परेवा र अन्य विदेश पंक्षी पालेको पनि देखिन्छ तर अमेरिका, बेलायतजस्ता विकसित देशहरुमा विषालु सर्प, अजिंगर, ठूला छेपारो, साङ्ला, विषालु माकुरालगायतका अनौठो र खतरनाक जीवहरु पाल्ने चलन बढेको छ ।

    सामाजिक मिडियामा यस्ता धेरै च्यानलहरु खोलिएका छन्, जसमा मानिसहरुले घरमा विषालु, डरलाग्दा जीवहरु पालेका छन् । यी भिडियोबाट हुने कमाई जनावार पाल्ने व्यक्तिहरुको लागि आम्दानीको स्रोत बनेको छ । न्युजर्सीका पेट-ट्युबर टम्स पेसिक्जेनिकले घरमा कुकुरबाहेक ३२ वटा फरक प्रजातिका जीवजन्तु पालेका छन् । यसमध्ये माकुरा, साङला, अजिंगर, दुम्सी रहेका छन् । 

    अर्कोतर्फ पेट ट्युबर्स यी जनावारबाट बच्न दुरी कायम गरिरहेको बताउँछन् । साथै लामो समयसँगै पाले पनि जुनसुकै समयमा आक्रमण गर्न सक्ने खतरा भएको उनको भनाइ छ । साथै धेरैले उनलाई ती जीवहरुलाई घरमा ल्याएर जबरजस्ती थुनेको र उनीहरुको स्वतन्त्रता छिनेको आरोप लगाएका छन् । 

    america.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij