वेबटिभी खबर
लन्डन । कोरोना भाइरस महामारीको दोस्रो लहर नियन्त्रणमा नआउँदै बेलायतीहरू तेस्रो लहर आउन सक्ने आशंकाले चिन्तित भएका छन् । तेस्रो लहर यस वर्षको जाडो मौसममा आउन सक्ने बताइएको छ ।
तेस्रो लहरसँगै सरकारले पुनः एकपटक लकडाउन गर्नुपर्ने हुन सक्छ । समाचार एजेन्सी सिन्हुआको रिपोर्टअनुसार बेलायतमा यस वर्षको जाडो मौसममा कोरोना भाइरसको नयाँ भेरिएन्ट सक्रिय हुन सक्छ । जसबाट बालबालिका एवं वृद्धवृद्धाहरु ठूलो संख्यामा तेस्रो लहरको चपेटामा आउन सक्छन् ।
प्रतिवेदनमा बेलायत सरकारको वैज्ञानिक सल्लाहकार समितिले कोरोना भाइरसको संक्रमण पुनः बढ्न सक्ने सम्भावना रहेकाले देशमा लकडाउन लागू गर्न सकिने बताएको लेखिएको छ ।
वैज्ञानिकहरुले विन्टर सिजन अझ खतरनाक हुन सक्ने पनि अनुमान गरेका छन् । बेलायतका जनस्वास्थ्य विज्ञ सुसान हप्किन्सले कोरोना भाइरसको नयाँ भेरिएन्टका कारण जाडो मौसममा बेलायत पुनः लकडाउन गर्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij