Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

१७ घण्टादेखि कालीगण्डकी कोरिडोर अवरुद्ध 

१७ घण्टादेखि कालीगण्डकी कोरिडोर अवरुद्ध 

  • 168
    SHARES
  • १७ घण्टादेखि कालीगण्डकी कोरिडोर अवरुद्ध 

    बाग्लुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर १७ घण्टादेखि अवरुद्ध भएको छ । आयोजनाको बाग्लुङ खण्डमा पहिरोले सडक अवरुद्ध बनाएको हो ।

    बागलुङ नगरपालिका-१० दब्ल्याङमा बिहीबार साँझ साढे ५ बजे माथिबाट झरेको पहिरोले सडक अवरुद्ध भएको हो । अवरुद्ध बनेको सडक अहिलेसम्म खुलेको खुलाउन सकिएको छैनन् ।

    सडक खुलाउन बाग्लुङ नगरपालिकाको जेसिबी प्रयोग गरिएको छ । लेदोसहितको पहिरोले सडकमा ठूलो क्षति पुर्‍याएको हुँदा केही सफाइ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

    सडक अवरुद्ध हुँदा दक्षिण बाग्लुङ चल्ने यातायात ठप्प भएका छन । दक्षिण बाग्लुङको कुश्मिसेरा, बलेवा, बरेङ लगायतका ठाउँबाट बाग्लुङ, पोखरा, काठमाडौं जाने यातायात सडकमै अलपत्र परेका छन । यस खण्डमा वर्षा हुँदासाथ पहिरो झरी रहँदा दक्षिण भेगमा हजारौँ यात्रु मर्कामा पर्दै आएका छन ।

    पहिरोको दीर्घकालीन समाधान खोज्नका लागि स्थानीयवासीले स्थानीय, प्रदेश र केन्द्र सरकारसँग माग गरी रहेका छन । अप्ठ्यारो भूगोल हुँदा समस्या समाधानमा निकै कठिनाइ भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij