Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

निर्माण व्यवसायलाई धरासायी नबनाउन सरकारलाई आग्रह

निर्माण व्यवसायलाई धरासायी नबनाउन सरकारलाई आग्रह

  • 164
    SHARES
  • निर्माण व्यवसायलाई धरासायी नबनाउन सरकारलाई आग्रह

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायलाई धरासायी नबनाउन सरकारलाई आग्रह गरेको छ ।

    महासंघले आज माइतीघरबाट संसद् भवनसम्म पदयात्रा गरी राजनीतिक नेतृत्वको गलत मनसायका कारण निर्माण व्यवसायीले समस्या भोग्नुपरेको बताएको हो ।

    कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक नेतृत्वको गलत मनसाय र कर्मचारीको आफू टिकिरहनका लागि गरेको दुष्कर्म आफूहरूले भोग्नुपरेको बताए ।

    उनले पूर्ववर्ती सरकारले गरेका गल्ती सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए । अध्यक्ष सिंहले सार्वजनिक खरिद नियमावलीको पटक-पटकको संशोधनले पूर्वाधार विकासमा समस्या निम्त्याएको उल्लेख गरे ।

    उनले सरकारले निर्माण व्यवसायीलाई देखाएर निर्माण व्यवसायीले समयमा काम गरेनन् भन्ने भ्रममात्रै सिर्जना गरेको बताए । निर्माण व्यवसायीलाई धरासायी बनाउने काम नगर्न सरकारलाई उनले आग्रहसमेत गरे ।

    व्यवसायीले सार्वजनिक खरिद अनुगमनअघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर्नुपर्ने, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने भन्दै ‘गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिबद्धता’, उपभोक्ताबाट निर्माणकार्य गर्ने नियम खारेज गर’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij