Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

गर्भवती महिलालाई पोसिलो खाद्यान्न

गर्भवती महिलालाई पोसिलो खाद्यान्न

  • 225
    SHARES
  • गर्भवती महिलालाई पोसिलो खाद्यान्न

    सिरहा । सिरहाको लहान नगरपालिकाले गर्भवती महिलालाई पाेसिलाे खानेकुरा वितरण गरेको छ । आज नगरको वडा नं १९ का ५५ जना गर्भवती महिलालाई पोषणको लागि चामल, दाल, नुन, तेल, मटर र चानासहित खाद्यान्न वितरण गरिएको हो ।

    नगरप्रमुख महेशप्रसाद चौधरीले आफू निर्वाचित भएदेखि हरेक महिनाको २२ गते गर्भवती महिलालाई खाद्यान्न वितरण कार्यक्रमको निरन्तरता दिँदै आएका छन् ।

    जन्मिने बच्चा स्वास्थ्य रहोस् भनेर यो कार्यक्रम लागू गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

    उनले भने, ‘गर्भवती तथा सुत्केरी अवस्थामा साविकभन्दा बढी पाेसिलाे खाना र सरसफाइमा बढी ध्यान दिनुपर्ने हुन्छ । पाेसिलाे खाना र सरसफाइमा गर्भवती तथा घर परिवारका महिलाको ध्यान पुगोस् भनेर पाेसिलाे खाद्यान्न वितरण गरिएको हो ।’

    सहज रुपले आयआर्जन गर्न नसकेका गर्भवतीका लागि केही हदसम्म भए पनि राहत मिलेकोे चौधरीले बताए । सधैँ आश्वासन मात्र बोकेर आउने जनप्रतिनिधि यसरी पाेसिलाेे खानेकुरा लिएर आएकोमा स्थानीय गर्भवतीले खुसी व्यक्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # गर्भवती

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij