Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

दोहरो कर हटाउन स्थानीय तहलाई मन्त्री रिजालको आग्रह

दोहरो कर हटाउन स्थानीय तहलाई मन्त्री रिजालको आग्रह

  • 167
    SHARES
  • दोहरो कर हटाउन स्थानीय तहलाई मन्त्री रिजालको आग्रह

    पर्सा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहलाई कवाडीकरको नाममा कच्चा पदार्थमा समेत लगाइएको कर हटाउन आग्रह गरेकी छन ।

    जितपुरसिमरा उद्योग वाणिज्य संघको छैटौँ स्थापना दिवसका अवसरमा शनिबार बाराको जितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहले यो कर नहटाए संघीय सरकारले उचित कदम चाल्ने बताइन् ।

    मन्त्री रिजालले उद्योगी-व्यापारीले आर्जन गरेको आयकर तिरे पनि एकीकृत सम्पत्ति कर लगाएर दोहोरो कर स्थानीय सरकारले लिने गरेको जनाउदै तत्काल फिर्ता लिन स्थानीय तहलाई आग्रह गरे ।

    मन्त्री रिजालले भनिन्, ‘जीर्ण उद्योगलाई अब निजी क्षेत्रसमेतको सहभागितामा सञ्चालन गर्ने र सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योगले तिर्नुपर्ने जग्गाको भाडा न्यून गरेर व्यवसायीलाई आकर्षित गर्ने योजना रहेको छ ।’

    निर्यातजन्य उद्योग स्थापना गर्न निःशुल्क जमिनसमेत उपलब्ध गराउन सकिने उनले जानकारी दिइन् ।

    जितपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल, नेपाल-भारत सहयोग मञ्चका अध्यक्ष अशोक दास, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा.सुबोधकुमार गुप्ता, उद्योग वाणिज्य महासंघका मधेस अध्यक्ष अशोक टेमानी, स्थानीय कृष्णब्रत सिंहलगायतले उद्योग र स्थानीय उद्योग क्षेत्रका समस्याका बारेमा चर्चा गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij