वेबटिभी खबर
काठमाडौं । कुमारी बैंकले सिन्धुपाल्चोक मेलम्चीका बाढीपीडितलाई राहत वितरण गरेको छ । कुमारी बैंक मेलम्ची शाखा प्रमुख विनोदभक्त श्रेष्ठले उक्त राहत सामग्री मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याललाई हस्तान्तरण गरेका हुन् ।
बाढीका कारण विस्थापित सिन्धुपाल्चोक मेलम्चीका बाढीपीडितलाई बैंकले औषधि साथै अत्यावश्यक सामग्रीहरु राहतरुवरुप वितरण गरेको हो ।
मेलम्ची नगरपालिका क्षेत्रका बाढी पहिरोपीडितलाई बैंकले दैनिक उपभोग्य र खाद्य सामग्री, अस्थायी बसोबासका लागि टेन्ट, ५ सय कम्बल, महिला तथा शिशुहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij