Logo

२०८३, मंसिर ७ गते आइतवार

२०८३, मंसिर ७ गते आइतवार

रुपा सुनारलाई जातका कारण कोठा नदिएको आरोपमा घरबेटी पक्राउ

रुपा सुनारलाई जातका कारण कोठा नदिएको आरोपमा घरबेटी पक्राउ

  • 1.4K
    SHARES
  • रुपा सुनारलाई जातका कारण कोठा नदिएको आरोपमा घरबेटी पक्राउ

    काठमाडौं । जातका कारण घरको कोठा भाडामा नदिएको आरोपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारले बबरमहलकी एक घरबेटीलाई पक्राउ गरेको छ । घरबेटीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

    प्रहरीले घरबेटीलाई पक्राउ गर्न गत शुक्रबार नै जिल्ला अदालतबाट अनुमति लिएको वृत्तका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर सिंह बताए । 

    रुपा सुनारलाई ‘तल्लो जात’ को भन्दै कोठा भाडामा दिन नसक्ने बताएपछि उनले घरबेटीविरूद्ध बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेर जाहेरी दर्ता गराएकी थिइन् ।  

    आफूमाथि जातीय विभेद भएको भन्दै प्रधान थरकी घरबेटीविरूद्ध उनले जाहेरी दिएकी थिइन् ।

    'दलित' भनि रुपालाई कोठा भाडामा नदिने घरधनी को हाे ? 'दलित' भनि रुपालाई कोठा भाडामा नदिने घरधनी को हाे ?

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij