Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

मन्त्री मोदीसँग भारतीय राजदूतको भेट

मन्त्री मोदीसँग भारतीय राजदूतको भेट

  • 232
    SHARES
  • मन्त्री मोदीसँग भारतीय राजदूतको भेट

    काठमाडौं । संघयि मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

    सिंहदरबास्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच समसामयिक एवं द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री मोदीका प्रेस संयोजक वुद्ध लोप्चनले जानकारी दिए ।

    भेटका क्रममा राजदूत श्रीवास्तवले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न आवश्यक सहायता उपलब्ध गराउन भारत इच्छुक रहेको बताएका थिए ।

    मन्त्री मोदीले आवश्यक छलफल गरेर ती विषयलाई अगाडि बढाउने जवाफ दिएका थिए । त्यसैगरी भेटमा छिमेकी मित्रराष्ट्र भारतको सहायतामा सञ्चालित विभिन्न कार्यक्रमको प्रभावकारिताको समीक्षा, आगामी कार्यक्रमको कार्यान्वयनको सन्दर्भमा छलफल भएको थियो ।

  • सम्बन्धित विषय:

  • # राजदूत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij